सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो

सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो : Icon Khabar

काठमाडौँ, माघ ४ । स्थानिय बजारमा सुनको भाउ सामान्य बढेको छ । गत शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यससँगै आज प्रतितोला सुनको किनबेच २ लाख ७७ हजार ८ सय रुपैयाँमा भईरहेको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ७७ हजार २ सय कायम थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 18 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने