रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै : Icon Khabar

काठमाडौं, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।

पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो। रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकको मुख्य कार्यसूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै, बैठकमा विविध समसामयिक विषयहरूमा पनि छलफल हुने झाले जनाएका छन् ।

रास्वपाले आगामी निर्वाचनको तयारी, रणनीति र संगठनात्मक विषयमा महत्त्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

Published Date: 18 January 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय