आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ ४ । आज २०८२ माघ ४ गते आइतबार, तद्अनुसार १८ जनवरी २०२६ । आज माघ कृष्ण औँशी, हर्षण चतुष्पद पूर्वाषाढा, सूर्योदय बिहानः ०६ः५५ बजे, सूर्यास्त साँझः १७ः३३ बजे ।

आजको राशिफल

मेष राशि: मेष राशि भएकाहरुको कम प्रयासमै काम बन्ने छ । धनार्जन हुनेछ । प्रतिष्ठा बढ्ने छ । परिवारसंग सम्बन्ध घनिष्ठ हुनेछ । नयाँ सम्बन्धप्रति सतर्क रहनु होला । शुभ रंग हो क्रीम भने शुभ अंक २ रहेको छ ।

वृष राशि: वृष राशि भएकाहरुको घरमा अतिथिहरूको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । आत्म सम्मान बढ्ने छ । बोलीमा नियन्त्रण राख्नु होला । आफ्नै काममा ध्यान दिनु होला । शुभ रंग क्रीम भने शुभ अंक ३ रहेको छ ।

मिथुन राशि: मिथुन राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु होला । रोजगारी प्राप्त हुनेछ । व्यवसायिक यात्रामा सफलता मिल्ने छ । अचानक लाभ हुनेछ । लाभदायक समाचार पाइने छ । कार्य विस्तार गर्ने योजना बन्ने छ । शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ ।

कर्कट राशि: खराब सङ्गतबाट बच्नु होला । विवाद नगर्नु होला । फजुल खर्च बढ्ने छ । आवाससम्बन्धी समस्या समाधान हुन सक्छ । आवेगमा आएर कुनै काम नगर्नु होला । सामाजिक र सरकारी प्रतिष्ठा बढ्ने छ । शुभ रंग आकाशे हो भने शुभ अंक ३ रहेको छ ।

सिंह राशि: सिंह राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु पर्छ । सुखका साधन जुट्ने छन् । रोकिएको धन प्राप्त हुनेछ । अधुरा काम समयमै पूरा हुँदा उत्साह बढ्ने छ । सवारीसाधन चलाउँदा ध्यान दिनु होला । शुभ रंग गुलावी हो भने शुभ अंक ५ रहेको छ ।

कन्या राशि: कन्या राशि भएकाहरुको नयाँ योजना बन्ने छ । कार्य शैलीमा सुधार हुनेछ । आम्दानी बढ्ने छ । भोगविलासमा रुचि बढ्ने छ । जीवनसाथीसँग सम्बन्ध प्रगाढ हुनेछ । शुभ रंग हो पहेँलो भने शुभ अंक ६ रहेको छ ।

तुला राशि: तुला राशि भएकाहरुको अदालतको काममा अनुकूलता रहने छ । पूजा–पाठमा मन लाग्ने छ । परिवार र समाजमा तपाईँका कामलाई सम्मान र महत्व प्राप्त हुनेछ । बोलीमा संयमता आवश्यक छ । व्यापारमा लाभ हुनेछ । शुभ रंग हो नीलो भने शुभ अंक ९ रहेको छ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुको धनार्जन हुनेछ । दौडधुप, वाधा र सतर्कतापछि सफलता मिल्ने छ । पारिवारिक सुख–सन्तोष बढ्ने छ । उपहार प्राप्त हुने योग छ । धेरै खर्च नगर्नु होला । शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ ।

धनु राशि: धनु राशि भएकाहरुकले जीवनसाथीको सहयोग पाउने छन् । कानुनी वाधा हट्ने छ । रोकिएको धन आउँदा पूँजी संकलन हुनेछ । काममा साझेदारको सहयोग पाइने छ । विकासका योजना बन्ने छन् । शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।

मकर राशि: मकर राशि भएकाहरु को जग्गा–घरसम्बन्धी योजना बन्ने छ । बेरोजगारी हट्ने छ । सामाजिक दायरा बढ्ने छ । लाभदायक सम्र्झाता हुनेछन् । जीवनसाथीसँग आर्थिक मतभेद हुन सक्छ । शुभ रंग गुलावी हो भने शुभ अंक ७ रहेको छ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरुको शत्रुहरू पराजित हुनेछन् । पार्टी वा पिकनिकमा रमाइलो हुनेछ । विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । धार्मिक कार्यमा रुचि बढ्ने छ । नयाँ काममा भाग लिन सकिने छ । शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।

मीन राशि: मीन राशि भएकाहरुको स्वास्थ्य कमजोर रहन सक्छ । जोखिम नलिनु होला । अचानक यात्रा लाभदायक हुनेछ । आम्दानी बढ्ने छ । प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ । जागिरमा उन्नति हुने योग छ । शुभ रंग रातो भने शुभ अंक ६ रहेको छ ।

Published Date: 18 January 2026








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ