‘विद्याकी देवी सरस्वती माता’ गीत माघ ४ गते सार्वजनिक हुँदै

‘विद्याकी देवी सरस्वती माता’ गीत माघ ४ गते सार्वजनिक हुँदै : Icon Khabar

काठमाडौँ, माघ १ । सरस्वती माताको स्तुतिमा तयार गरिएको गीत ‘विद्याकी देवी सरस्वती माता’ माघ ४ गते (आइतबार) सुरज कपालीको युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छ ।

गीतमा सानु मैयाँ धौभडेल र सुरज कपालीको स्वर रहेको छ । बद्री नारायण ताम्रकारको संगीत तथा कपिल कस्पालको शब्द रहेको गीतलाई बुद्ध सायमीले एरेञ्ज गरेका हुन् । तबलामा गौतम श्रेष्ठको साथ रहेको छ भने स्टुडियो पार्टनरका रूपमा अडियो नेपाल रहेका छन् ।

आशिष नापितको निर्देशनमा तयार गरिएको गीतको भिडियोमा सजन् ख्याजु, कृजल न्हुच्छेँ प्रधानले छायांकन गरेका छन् । भिडियोमा अलिशा गरु, कृशला मथ्या र सकिरा प्रजापतीले अभिनय गरेका छन् । नृत्य संयोजन डाइनामिक डान्स डेस्टिनेसनले गरेको छ भने मेकअप सृजली कोजुले गरेकी छन् ।

Published Date: 16 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय