‘विद्याकी देवी सरस्वती माता’ गीत माघ ४ गते सार्वजनिक हुँदै

‘विद्याकी देवी सरस्वती माता’ गीत माघ ४ गते सार्वजनिक हुँदै : Icon Khabar

काठमाडौँ, माघ १ । सरस्वती माताको स्तुतिमा तयार गरिएको गीत ‘विद्याकी देवी सरस्वती माता’ माघ ४ गते (आइतबार) सुरज कपालीको युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छ ।

गीतमा सानु मैयाँ धौभडेल र सुरज कपालीको स्वर रहेको छ । बद्री नारायण ताम्रकारको संगीत तथा कपिल कस्पालको शब्द रहेको गीतलाई बुद्ध सायमीले एरेञ्ज गरेका हुन् । तबलामा गौतम श्रेष्ठको साथ रहेको छ भने स्टुडियो पार्टनरका रूपमा अडियो नेपाल रहेका छन् ।

आशिष नापितको निर्देशनमा तयार गरिएको गीतको भिडियोमा सजन् ख्याजु, कृजल न्हुच्छेँ प्रधानले छायांकन गरेका छन् । भिडियोमा अलिशा गरु, कृशला मथ्या र सकिरा प्रजापतीले अभिनय गरेका छन् । नृत्य संयोजन डाइनामिक डान्स डेस्टिनेसनले गरेको छ भने मेकअप सृजली कोजुले गरेकी छन् ।

Published Date: 16 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड