निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा

निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा : Icon Khabar

काठमाडौँ, माघ २ । निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।

नेपाली कांग्रेसभित्र बढेको विवादसँगै सो पार्टीका नेता कायकर्ताहरूको बाक्लो उपस्थिति भएसँगै आयोगमा शुक्रबार थप सुरक्षा तैनाथ पनि बढाइएको हो । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगमा पुगेसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

बिहीबार बिहानै आयोगमा कांग्रेस देउवा पक्षका नेता कार्यकर्ताहरू पुगेका छन् । केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तसँग छलफलका लागि उनको कार्यकक्षमा पुगेका छन् भने आयोग परिसरमा तरुण दलका कार्यकर्ताहरू उपस्थित छन् ।

Published Date: 16 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने