आज १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

आज १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै : Icon Khabar

काठमाडौं, माघ २ । शुक्रबार १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन नजिकिँदै जाँदा निर्वाधन अधिकृतको कार्यालय स्थापना हुन लागेको हो।

संघीय राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आज बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय खुल्ने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।

‘निर्वाचनको वातावरण बनेको छ। हामीले दसवटै निर्वाचन क्षेत्रमा कार्यालय खोल्नका लागि सबै तयारी गरिसकेका छौं,’ भट्टराईले भने।

देशैभर सोही समयमा कार्यालय स्थापना हुनेछन्। देशैभरका सबै निर्वाचन क्षेत्रमा एकै समयमा कार्यालय खोल्दा त्यसले निर्वाचनको माहोललाई अझ विस्तार गर्ने निर्वाचन आयोगले बताएको छ।

Published Date: 16 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय