भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध : Icon Khabar

भक्तपुर, पुस २७ । भक्तपुर चेम्बर अफ कमर्सको आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार भक्तपुरमा सम्पन्न भएको छ। साधारण सभासँगै सम्पन्न अधिवेशनबाट सुरेन्द्र तुबन्जा श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा राधेसुन्दर सांयजु चयन भएका छन्। यसैगरी उपाध्यक्षहरूमा चन्द्रभक्त श्रेष्ठ, ज्ञानेन्द्र मानन्धर, माधवप्रसाद प्रजापति र गोकूलप्रसाद प्रजापति निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा पशुपति भुसाल निर्विरोध चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा कुलदीप जी.सी., न्हुछे राम धुख्वा, जीवन मारिखु, विक्रम प्रजापति, विजय हाछे्यु, इन्द्रप्रसाद पलिखेल र गणेशराम मुस्याख्व निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी महिला चेम्बर संयोजकमा रिना श्रेष्ठ र युवा चेम्बर संयोजकमा करिना गोर्खाली मनोनित भएका छन्।

Published Date: 11 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय