भक्तपुर, पुस २७ । भक्तपुर चेम्बर अफ कमर्सको आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार भक्तपुरमा सम्पन्न भएको छ। साधारण सभासँगै सम्पन्न अधिवेशनबाट सुरेन्द्र तुबन्जा श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा राधेसुन्दर सांयजु चयन भएका छन्। यसैगरी उपाध्यक्षहरूमा चन्द्रभक्त श्रेष्ठ, ज्ञानेन्द्र मानन्धर, माधवप्रसाद प्रजापति र गोकूलप्रसाद प्रजापति निर्विरोध निर्वाचित भएका छन्।
महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा पशुपति भुसाल निर्विरोध चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा कुलदीप जी.सी., न्हुछे राम धुख्वा, जीवन मारिखु, विक्रम प्रजापति, विजय हाछे्यु, इन्द्रप्रसाद पलिखेल र गणेशराम मुस्याख्व निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी महिला चेम्बर संयोजकमा रिना श्रेष्ठ र युवा चेम्बर संयोजकमा करिना गोर्खाली मनोनित भएका छन्।
Published Date: 11 January 2026-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1