आज क्रिसमस डेः प्रेम, आशा र मानवताको सन्देश बोकेको पर्व

आज क्रिसमस डेः प्रेम, आशा र मानवताको सन्देश बोकेको पर्व : Icon Khabar

काठमाडौं, पुस १० । विश्वभरका ख्रीष्टियन धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, उत्साह र उल्लासका साथ क्रिसमस डे मनाइरहेका छन् । ख्रीष्टियनहरूको महान पर्व भए पनि क्रिसमस आज केवल धार्मिक सीमामा सीमित छैन— यो प्रेम, करुणा, शान्ति र मानव एकताको प्रतीक बनेको छ । क्रिसमस डे येशू ख्रीष्टको जन्मदिनको स्मरणमा मनाइन्छ । बाइबल अनुसार येशूको जन्म इजरायलको बेथलेहेममा भएको थियो ।

गरीव, पीडित तथा उत्पीडित मानवताको उद्धारका लागि जन्मिएका येशू ख्रीष्टले प्रेम, क्षमा र त्यागको मार्ग देखाए । त्यसैले क्रिसमस केवल उत्सव होइन, जीवनशैली र सोच परिवर्तनको आह्वान पनि हो ।

क्रिसमसको चर्चा गर्दा सान्ता क्लजको नाम स्वतः आउँछ । रातो पोसाक, सेतो दाह्री र मुस्कानसहित बालबालिकाका प्रिय सान्ता क्लज उपहार बाँड्ने पात्रका रूपमा परिचित छन् । यसले बालबालिकामा खुसी मात्र होइन, दिने संस्कार र बाँड्ने संस्कृतिको शिक्षा दिन्छ ।

घर–घरमा सजाइने क्रिसमस ट्री, झिलिमिली बत्ती, स्टार र सजावटले वातावरणलाई रमाइलो बनाउँछ । परिवार र साथीभाइबीच उपहार साटासाट, विशेष खानपान र शुभकामना आदानप्रदान क्रिसमसको सुन्दर पक्ष हो ।

Published Date: 25 December 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु