काठमाडौं, पुस १० । विश्वभरका ख्रीष्टियन धर्मावलम्बीहरूले अत्यन्त श्रद्धा, उत्साह र उल्लासका साथ क्रिसमस डे मनाइरहेका छन् । ख्रीष्टियनहरूको महान पर्व भए पनि क्रिसमस आज केवल धार्मिक सीमामा सीमित छैन— यो प्रेम, करुणा, शान्ति र मानव एकताको प्रतीक बनेको छ । क्रिसमस डे येशू ख्रीष्टको जन्मदिनको स्मरणमा मनाइन्छ । बाइबल अनुसार येशूको जन्म इजरायलको बेथलेहेममा भएको थियो ।
गरीव, पीडित तथा उत्पीडित मानवताको उद्धारका लागि जन्मिएका येशू ख्रीष्टले प्रेम, क्षमा र त्यागको मार्ग देखाए । त्यसैले क्रिसमस केवल उत्सव होइन, जीवनशैली र सोच परिवर्तनको आह्वान पनि हो ।
क्रिसमसको चर्चा गर्दा सान्ता क्लजको नाम स्वतः आउँछ । रातो पोसाक, सेतो दाह्री र मुस्कानसहित बालबालिकाका प्रिय सान्ता क्लज उपहार बाँड्ने पात्रका रूपमा परिचित छन् । यसले बालबालिकामा खुसी मात्र होइन, दिने संस्कार र बाँड्ने संस्कृतिको शिक्षा दिन्छ ।
घर–घरमा सजाइने क्रिसमस ट्री, झिलिमिली बत्ती, स्टार र सजावटले वातावरणलाई रमाइलो बनाउँछ । परिवार र साथीभाइबीच उपहार साटासाट, विशेष खानपान र शुभकामना आदानप्रदान क्रिसमसको सुन्दर पक्ष हो ।
Published Date: 25 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news