कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने : Icon Khabar

भक्तपुर, वैशाख ९ । यहि वैशाख १२ गते शनिबारका दिन भक्तपुर कटुन्जेस्थित मनोरम बोर्डिङ सेकेन्डरी स्कूलको प्राङ्गणमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वरुणपुर कृषि सहकारी संस्था लिमिटेड र मनोरम बोर्डिङ सेकेन्डरी स्कूलको संयुक्त आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना हुन लागेको हो।

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने उक्त शिविरमा स्त्रीरोग, सामान्य स्वास्थ्य जाँच, हाडजोर्नी तथा नशा रोग, जनरल चेकजाँच बालरोग लगायतका सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।

शिविरमा डा. इबामुरा मेमोरियल अस्पतालका विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सहयोग रहने कुरा विद्यालयका प्रिन्सिपल महेश गुमान्जुले आइकन खबरलाई जानकारी दिए।

Published Date: 22 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने