कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने : Icon Khabar

क्तपुर, वैशाख ९ । यहि वैशाख १२ गते शनिबारका दिन भक्तपुर कटुन्जेस्थित मनोरम बोर्डिङ सेकेन्डरी स्कूलको प्राङ्गणमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वरुणपुर कृषि सहकारी संस्था लिमिटेड र मनोरम बोर्डिङ सेकेन्डरी स्कूलको संयुक्त आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना हुन लागेको हो।

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने उक्त शिविरमा स्त्रीरोग, सामान्य स्वास्थ्य जाँच, हाडजोर्नी तथा नशा रोग, जनरल चेकजाँच बालरोग लगायतका सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।

शिविरमा डा. इबामुरा मेमोरियल अस्पतालका विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सहयोग रहने कुरा विद्यालयका प्रिन्सिपल महेश गुमान्जुले आइकन खबरलाई जानकारी दिए।

Published Date: 22 April 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?