भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ

भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ : Icon Khabar

भक्तपुर, वैशाख ९ । भक्तपुरमा सरकारी कार्यालयको सेवा प्रवाहमा अवरोध पुर्‍याएको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका वडा नं. १० स्थित भूमि सुधार तथा मालपोत कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी सेवा प्रवाहमा असर पार्ने गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरीले लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालय परिसरभित्र प्रवेश गरी अवरोध सिर्जना गर्ने ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

हाल उनीहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शुभेश अधिकारीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।

Published Date: 22 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने