भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ

भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ : Icon Khabar

भक्तपुर, वैशाख ९ । भक्तपुरमा सरकारी कार्यालयको सेवा प्रवाहमा अवरोध पुर्‍याएको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका वडा नं. १० स्थित भूमि सुधार तथा मालपोत कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी सेवा प्रवाहमा असर पार्ने गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरीले लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालय परिसरभित्र प्रवेश गरी अवरोध सिर्जना गर्ने ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

हाल उनीहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शुभेश अधिकारीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।

Published Date: 22 April 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय