एनपीएलः आज लुम्बिनी र चितवन भिड्दै

एनपीएलः आज लुम्बिनी र चितवन भिड्दै : Icon Khabar

काठमाडौँ, मंसिर ०४ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज गत संस्करण प्लेअफसम्म पुगेको थियो।

गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो। आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित हात पार्ने लक्ष्यमा छ।

Published Date: 20 November 2025
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?