यूएईमा शिक्षाको नाममा हुने ठगी रोक्न ‘स्क्यान द स्क्यामर्स’ अभियान सुरु

यूएईमा शिक्षाको नाममा हुने ठगी रोक्न ‘स्क्यान द स्क्यामर्स’ अभियान सुरु : Icon Khabar

काठमाडौँ, मंसिर ३ । यूएईमा शिक्षाको नाममा हुने ठगी रोक्न ‘स्क्यान द स्क्यामर्स’ अभियान सुरु भएको छ । अध्ययनका लागि यूएई पुगेर ठगिएका पीडित विद्यार्थीहरूले अभियान सुरु गरेका हुन् ।

विद्यार्थी भिसामा यूएई पठाउने नाममा नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको छ । यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइदिने भन्दै नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको हो । नेपालबाट यूएईका विश्वविद्यालयमा पढ्न भनेर गएका २ हजारभन्दा बढी विद्यार्थी त्यसरी ‘एजुकेसन स्क्याम’ मा परेको अनुमान छ ।

यूएईको ‘फ्री जोन’मा इन्स्टिच्युटका नाममा दर्ता शिक्षण संस्थाहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थी अध्ययनका लागि लैजाने गरेको देखिन्छ । त्यसका लागि नेपालमा सामाजिक सञ्जालमा रहेका डेढ दर्जन बढी कन्सल्टेन्सीले विद्यार्थीलाई १० लाख रुपैयाँभन्दा बढी उठाएर पठाउने गरेको पाइएको हो ।

युनिभर्सिटीमा अध्ययन गर्न पाइने, इन्स्टिच्युटबाटै डिग्रीको सर्टिफिकेट पाइने भन्दै विद्यार्थीहरू ठगीमा पर्ने गरेका छन् । थप विद्यार्थीहरू यस्तो खालको स्क्याममा नपरून भनेर पीडित विद्यार्थीहरूले नै अभियान सुरु गरेका छन् । ठगीएर एकजुट भएका ८० जना भन्दा बढी विद्यार्थीहरूले यो अभियान अगाडि बढाएका छन् ।

‘सार्वजनिक नोटिस’ जारी गर्दै धेरै विद्यार्थीहरूले पैसा र समय फेक कलेजहरूमा लगानी गरिरहेको भन्दै त्यसतर्फ सचेत रहन अनुरोध गरिएको छ ।

यूएईको दुबई, सारजाह, रस एआई खईमहा, अजमान लगायतका फ्री जोनमा यस्ता कलेज सञ्चालनमा रहेको र तिनीहरूले सही डिग्री नदिने दाबी गरिएको छ ।

विद्यार्थीहरूले यूएईमा पढ्न जानका लागि सबैभन्दा पहिला त्यहाँका सक्रिय कलेजहरूबारे राम्रोसँग जानकारी लिनुपर्ने अभियानका संयोजक तथा दुबई नेपलीज इन्फ्लुएन्सल ग्रुप (डीजीएनआईजी) का विद्यार्थी नेता विश्वजित कुमार यादवले जानकारी दिए । त्यसका लागि यूएईको आधिकारिक सीएए वेबसाइटमा सूचीकृत भएका कलेजहरूबाट छान्न सकिने जनाइएको छ ।

यूएईको शिक्षा मन्त्रालयले ११ मार्च २०१८ मा सूचना प्रकाशित गरेर यूएईमा इजाजतपत्र प्राप्त उच्च शिक्षा संस्थाहरूको सूची सार्वजनिक गरेको थियो ।

यूएईका कुनै पनि कलेजले यूके, यूएसए, क्यानडा, फ्रेन्च लगायतका देशको डिग्री दिने आश्वासनका आधारमा विश्वास नगर्न अनुरोध गरिएको छ । बेलायत, अमेरिका लगायतका कलेजको शाखा कार्यालय भनेर पढ्नका लागि गरिएका अनुरोध अस्वीकार गर्न समेत अनुरोध गरिएको छ ।

यूएईमा अध्ययनरत विद्यार्थीहरूलाई यूएईको कानुन पालना गर्न, सडक प्रदर्शन तथा भेला नगर्न, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा कलेजको नाम तथा फोटो पोस्ट नगर्न समेत अनुरोध गरिएको छ ।

Published Date: 19 November 2025






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न