विपिन जोशीको शव आज काठमाडौं आइपुग्ने

विपिन जोशीको शव आज काठमाडौं आइपुग्ने : Icon Khabar

काठमाडौँ, कात्तिक ३ । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदै छ।

जोशीको शव फ्लाई दुबईको उडानमार्फत दिउँसो २ः३५ बजे काठमाडौं आइपुग्ने छ। पार्थिव शरीरको सम्मानपूर्वक स्वागत तथा स्थानान्तरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ।

शव काठमाडौं आइपुगेपछि नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्‍याइनेछ। त्यसपछि सेनाले धनगढीबाट एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ।

यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुनेछन्। श्रद्धाञ्जलि कार्यक्रम नेपाली सेनाको नं. १४ बाहिनी मुख्यालयमा आयोजना गरिने भएको ।

Published Date: 20 October 2025


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु