अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि : Icon Khabar

काठमाडौं, असोज ३१ । नेपालले आईसीसी टी–२० विश्वकप छनोटको उपाधि जितेको छ। शुक्रबार ओमानमा भएको सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई एक सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपाल अपराजित रहँदै उपाधि जितेको हो।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो। सामोआका सिन सोलियाले ४० तथा बेन माइलाटाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। नेपालका ललित राजवंशीले ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। सामोआसँगको खेलमा नेपालका दुई खेलाडी आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। आसिफ शेखले ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए ।

कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे।

Published Date: 17 October 2025
ताजा
नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न