मंगलबार सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज २१ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेसँगै नयाँ उचाईमा पुगेको हो ।

आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ लगातार ३ दिन रेकर्ड कायम गर्न सफल भएको छ । तीन दिनको अवधिमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९६० रुपैयाँ कायम भएको छ ।

Published Date: 07 October 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने