मौसम पूर्वानुमान : देशभर वर्षाको सम्भावना, बाढी, पहिरो र डुबानाको जोखिम कायमै

मौसम पूर्वानुमान : देशभर वर्षाको सम्भावना, बाढी, पहिरो र डुबानाको जोखिम कायमै : Icon Khabar

काठमाडौं, असोज १९ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ।

कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ। साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 October 2025
Website | + posts




ताजा
भक्तपुरको थुसाचा–हनुमानचा क्षेत्रमा पहिरो, विद्युत् आपूर्ति अवरुद्ध
साँगामा पहिरोले सडक ढाक्दा अरनिको राजमार्ग दुबै तर्फ अवरुद्ध, भक्तपुर–नाला सडक वैकल्पिक मार्ग
आज पनि राजधानीबाट लामो दुरीका बसहरू चल्न रोक, टिकट मूल्य फिर्ता गरियो
मौसम पूर्वानुमान : देशभर वर्षाको सम्भावना, बाढी, पहिरो र डुबानाको जोखिम कायमै


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने