सुनको भाउमा दिनदिनै रेकर्ड, तोलामा १३ सय बढ्यो

सुनको भाउमा दिनदिनै रेकर्ड, तोलामा १३ सय बढ्यो : Icon Khabar

काठमाडौं, असोज ८ ।  बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनदेखि लगातार मूल्यले रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन २ लाख २१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २६८० रुपैयाँ रहेको चाँदी आज २७०० पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 September 2025
Website | + posts