आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज १ । आज २०८२ असोज १ गते बुधबार, तद्अनुसार १७ सेप्टेम्बर २०२५ । आज असोज कृष्ण एकादशी, परिधि बव पुनर्वसु, जेनजी आन्दोलन शोक बिदा, विश्वकर्मा पूजा, इन्दिरा एकादशी व्रत, एकादशी श्राद्ध, कन्या संक्रान्ति, वास्तु दिवस, राष्ट्रिय विज्ञान दिवस, विश्व बिरामी सुरक्षा दिवस, सूर्योदय बिहानः ०५ः५० बजे, सूर्यास्त साँझः १८ः०६ बजे ।

आजको राशिफल

मेष राशि: मेहनतको फल प्राप्त हुनेछ । सामाजिक कार्यमा चासो रहने छ । मान–सम्मान प्राप्त हुनेछ । व्यवसायाबाट लाभ हुनेछ । कुनै प्रभावशाली व्यक्तिसँग परिचय बढ्ने छ । मनोरञ्जनात्मक यात्राको योजना बन्न सक्छ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ९

वृष राशि: टाढाबाट सुखद समाचार प्राप्त हुन सक्छ । घरमा पाहुनाको आगमन हुनेछ । आत्म विश्वासमा वृद्धि हुनेछ । ठूलो काम गर्ने इच्छा जाग्ने छ । परिवारको सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ । बुद्धिको प्रयोग गर्दा लाभ बढ्ने छ । साथीहरूसँग राम्रो समय बित्ने छ ।
शुभ रंगः आकाशे, शुभ अंकः ५

मिथुन राशि: मिथुन राशि भएकाहरुको नयाँ व्यापारिक सम्झौता हुनेछ । नयाँ योजना बन्ने छ । मान–सम्मान प्राप्त हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । झगडाबाट बच्नु होला । कार्यमा सफलता मिल्ने छ । कपडा–गहनाको लाभ हुने योग छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।

कर्कट राशि: कर्कट राशि भएकाहरुको यात्रा सफल हुनेछ । विवाद नगर्नु होला । देव दर्शन हुनेछ । सरकार अथवा राज्यबाट लाभ हुने सम्भावना । धन प्राप्तिको सम्भावना छ । पुराना साथीसंग भेटघाट हुनेछ । शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।

सिंह राशि: सिंह राशि भएकाहरुकाले प्रेम सम्बन्धमा जोखिम नलिनु होला । सवारी अथवा मेशिनरी प्रयोग गर्दा सावधानी अपनाउनु होला । लाभ हुनेछ । स्वास्थ्य सामान्य रहने छ । राज्य अथवा सरकारबाट लाभ हुनेछ ।शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ ।

कन्या राशि: कन्या राशि भएकाहरुको स्वास्थ्य कमजोर हुनेछ । जीवनसाथीको सहयोग पाइने छ । राजकीय बाधा हट्ने छ । धन र बुद्धि लाभ हुनेछ । शारीरिक पीडा हुने सम्भावना छ । शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।

तुला राशि: तुला राशि भएकाहरुको स्वास्थ्य कमजोर हुनेछ । दौडधुप बढी हुनेछ । घर–जग्गासम्बन्धी योजना बन्ने छ । उन्नतिको मार्ग प्रशस्त हुनेछ । धन प्राप्ति सुस्त रहने छ । शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु होला । विद्यार्थीले सफलता पाउने छन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । खुशीको समाचार प्राप्त हुने सम्भावना छ । आम्दानी सुखद रहने छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।

धनु राशि: धनु राशि भएकाहरुको भय, पीडा र भ्रमको स्थिति बन्न सक्छ । लाभ र पराक्रम ठीक रहने छ । घर–परिवारमा विवाद हुने वातावरण बन्न सक्छ । दिन भयकारक रहने छ, होसियार रहनु होला । शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।

मकर राशि: मकर राशि भएकाहरुलाई जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । घरभित्र र बाहिर अशान्ति हुन सक्छ । प्रयास सफल हुनेछन् । यात्राको योग बन्ने छ । लाभ प्राप्त हुने योग छ । शुभ रंग आकाशे हो भने शुभ अंक ५ रहेको छ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरुलाई शुभ समाचार प्राप्त हुनेछ । स्वास्थ्य कमजोर रहने छ । आयमा वृद्धि हुनेछ । केही कार्यमा सफलता पाउने सम्भावना छ । स्त्रीसम्बन्धी पीडा, तर केही लाभ पनि हुनेछ । शुभ रंग गुलावी हो भने शुभ अंक ६ रहेको छ ।

मीन राशि: मीन राशि भएकाहरुको रोजगारीमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा सफल हुनेछ । लाभ हुनेछ । यात्राको सम्भावना छ । सावधानी आवश्यक हुनेछ । शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 September 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने