सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, भदौ ३० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १३ पैसा र बिक्रीदर १५ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ २८ पैसा र बिक्रीदर ४६४ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुयैयाँ ०८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Published Date: 15 September 2025


ताजा
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै
नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी