रियल म्याड्रिडको विजय यात्रा जारी

रियल म्याड्रिडको विजय यात्रा जारी : Icon Khabar

काठमाडौं, भदौ २९ । रियल म्याड्रिडले ला लिगामा जितको यात्रालाई निरन्तरता दिएको छ। १० खेलाडीमा सीमित रियलले रियल सोसिडाडमाथि २-१ को जित निकाल्दै लगातार चौथो जित हासिल गरेको छ ।

एक गोल गरेका किलियन एम्बाप्पेको अर्को गोलमा पनि‌ भूमिका रह्यो। सोसिडाडको डिफेन्सको गल्तीको फाइदा उठाउँदै एम्बाप्पेले १२ औं मिनेटमा पहिलो गोल गरे।

तर ३२औं मिनेटमा डिफेन्डर डिन हुइजसेन रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भयो। त्यसपछि पनि ४४ औं एम्बाप्पेले पासमा आर्दा गुलरले गोल गरेपछि रियल पहिलो हाफमा २-० ले अगाडि बढ्यो।

दानी कार्भाजालको ह्यान्ड बल भएपछि सोसिडाडले पेनाल्टी पायो र ५६ औं मिनेटमा मिकेल ओयार्जाबाले गोल गर्दै अन्तर घटाए। रियल अन्तिमसम्म डिफेन्समा मजबुती बनाउँदै खेल जित्यो। ८२औं मिनेटमा कार्भाजालको सट्टा ट्रेन्ट अलेक्ज्यान्डर–आर्नोल्ड मैदान प्रवेश गरे।

४ खेलबाट १२ अंक जोडेको रियल शीर्ष स्थानमा छ। पाँचौं स्थानमा रहेको बार्सिलोनाले आज राति भ्यालेन्सियाविरुद्ध खेल्नेछ।

Published Date: 14 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी