मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, भदौ २९ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

यस्तै,कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ ।

देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यस्तै महाशाखाका अनुसार आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Published Date: 14 September 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी