संसद विघटनको अडानले देश संकटकाल उन्मुख

संसद विघटनको अडानले देश संकटकाल उन्मुख : Icon Khabar

काठमाडौँ, भदौ २७ । जेनजी युवाहरुको समूहले सरकारको नेतृत्वका लागि अघि सारेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको संसद विघटनको मागले देशमा संकटकालको सम्भावना बढेको छ । राष्ट्रपति र आन्दोलनकारी समूहबीच नमिलेर नयाँ सरकार गठन हुन नसकेमा संकटकाल लगाउने प्रस्ताव सेनाले प्रस्तुत गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

संकटकाल टार्न छिटोभन्दा छिटो निष्कर्षमा पुग्न राष्ट्रपतिले अधिकतम् प्रयास गरिरहेको शितलनिवासको दाबी छ । राष्ट्रपतिले संविधानको धारा ६१ (४) प्रयोग गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने, नयाँ मन्त्रिपरिषद्को सिफारिशमा नयाँ निर्वाचनको घोषणा गर्ने प्रस्ताव राष्ट्रपतिको छ ।

तर जेनजी आन्दोलनले संसद् विघटन हुनैपर्ने अडान अघि सारेको छ। त्यो अडानमा कार्कीको साथ छ । जेनजीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले भर्खरै सामाजिक सञ्जालमा पोस्ट गरी भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेन्डा संसद्को विघटन र निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर्नु हो।’

कार्कीले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद् विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 12 September 2025
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने