भारि वृद्धिसहित हालसम्मकै उच्च सुनको मूल्य, चाँदीमा पनि नयाँ रेकर्ड

भारि वृद्धिसहित हालसम्मकै उच्च सुनको मूल्य, चाँदीमा पनि नयाँ रेकर्ड : Icon Khabar

काठमाडौं, भदौ २० । नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएर नयाँ रेकर्ड बनेकाे छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनेकाे हाे । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला समय सुनको मूल्यले निरन्तरको रेकर्ड बनाउँदै बढ्दाे क्रममा रहेको छ ।

यस दिन चाँदी पनि तोलामा १० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा चाँदी तोलाको २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

Published Date: 05 September 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु