तीजको लागि आज पशुपतिनाथ क्षेत्रमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन

तीजको लागि आज पशुपतिनाथ क्षेत्रमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन : Icon Khabar

काठमाडौं, भदौ १० । हरितालिका तीजको दिन आज मंगलवार पशुपतिनाथ मन्दिरमा लागेको मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन गरिएको छ । जसमा १ सय ५० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् ।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिला दिदीबहिनीहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा गए राति २ बजेदेखि ड्यूटि परिचालन भएको छ ।

पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थानपना गरिएको छ भने मेलाको सम्पुर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गरेको छ ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा ३ सय भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन भएका छन् ।

त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतको लागि नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौ, नं. १८ निलबराही गण किर्तिपुर, नं. २० विपद् उद्वार गण सिनामंगल, नं. २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नं. २४ बाघभैरव गुल्म काठमाडौमा आबश्यकता अनुसार सुरक्षा फौज तयारी हालतमा राखिएको छ ।

त्यस्तै नेपाल एपीएफ अस्पतालको महिला चिकित्सकसहितको स्वास्थ्यकर्मीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । नं. २० विपद् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरीको गोताखोर तथा विपद् उद्धारक र आबश्यक सामाग्रीसहितको वाटर रेस्क्यु टोली राम मन्दिर नजिकै बागमती नदिको किनारमा खटिएको छ ।

Published Date: 26 August 2025
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय