देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, साउन  २२ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।

जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Published Date: 07 August 2025
ताजा
ग्ल्यामरदेखि गहिरो अभिनयसम्म: बिपना थापाको बहुआयामिक यात्रा
मन छुने प्रेमगीत ‘कभी कभी मेरे दिल में’ को अनन्त यात्रा (आइकन मेलोडी)
सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढ्यो
बिस्का जात्राका लागि अव्यवस्थित रूपमा फैलिएका केबल तथा तार हटाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता