मौसम पूर्वानुमानः यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः यी स्थानमा भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, साउन ११ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले मुलुकका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै,आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना र मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाकाले जनाएको छ।

त्यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ। कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Published Date: 27 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु