गत आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार

गत आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार : Icon Khabar

काठमाडौं, साउन २ । गत आर्थिक वर्ष २०८१-८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो आवको तुलनामा यो १८९.२३ प्रतिशतले बढी हो।

अघिल्लो आवमा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँको कारोबारमा भएकोमा गत वर्ष करिब तीन गुणा बढेको हो। यसअघि आर्थिक वर्ष २०७७-७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१-८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । गत आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन (आइपीओ) मार्फत ४ वटा कम्पनी थपिएका छन् ।

प्रथम निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

Published Date: 18 July 2025


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क