गत आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार

गत आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार : Icon Khabar

काठमाडौं, साउन २ । गत आर्थिक वर्ष २०८१-८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो आवको तुलनामा यो १८९.२३ प्रतिशतले बढी हो।

अघिल्लो आवमा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँको कारोबारमा भएकोमा गत वर्ष करिब तीन गुणा बढेको हो। यसअघि आर्थिक वर्ष २०७७-७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१-८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । गत आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन (आइपीओ) मार्फत ४ वटा कम्पनी थपिएका छन् ।

प्रथम निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

Published Date: 18 July 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड