सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार ३० । सोमबार सेयर बजारमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो कारोबार दिनमै नेप्से परिसूचकमा गिरावट आएको हो । सोमबार सूचक ३२ अंकले घटेर २७२८.८० विन्दुमा बन्द भएको छ । आज  ८ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

छोटो समयमै नेप्से उच्च गतिमा बढेको बजारबाट सोमबार ट्रेडरहरुले नाफा गरेको विश्लेषण गरिएको छ । यसअघिका ११ दिनको कारोबारमा २ दिन मात्र नेप्से सूचकमा गिरावट आएको थियो । आइतबार पनि मौद्रिक नीतिबाट लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उच्च वृद्धि भएको थियो । जसको फाइदा कारोबारीहरुले उठाउँदा सोमबार नेप्सेमा बिक्री चाप देखिएको हो ।

सेयर बजारमा एकोहोरो बढिरहने मात्र गर्दैन । बजारमा केही समयको वृद्धिपछि करेक्सन आउनुलाई सामान्य नै मानिन्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारका लागि थप सकारात्मक वातावरण सिर्जना गरिदिएको छ । मौद्रिक नीतिमा भएका व्यवस्थाहरुले ब्याजदर थप सस्तो हुनेछ ।

यस्तै, वाणिज्य बैंकहरुको व्यवसाय र मुनाफा विस्तार गर्ने र लघुवित्तहरुको लाभांशमा लाग्दै आएको अंकुश हटाउने, सेयर धितो कर्जाको सीमा बढाउने लगायत सेयर बजारलाई सकारात्मक उर्जा दिने व्यवस्थाहरु समेटिएका छन् । जसको ढिलोचाँडो प्रभाव सेयर बजारमा पर्ने अनुमान गर्न सकिन्छ ।

आज ३२१ कम्पनीको २ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४० करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अघि आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सानिमा बैंक रहेका छन् ।

Published Date: 14 July 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड