बिहीबार नेप्से परिसूचक २५.८९ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक २५.८९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २६ । सेयर बजारको सकारात्मक लय बिहीबार पनि कायमै रहेको छ । बिहीबार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा बन्द भएको छ । यस दिन ९ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । बिहीबार बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । बैंकिङ समूह ३.१५ प्रतिशतले बढेको छ ।

पछिल्ला केही दिनयता सेक्टर परिवर्तन हुँदै नेप्से अघि बढ्न खोजेको देखिन्छ । यसअघि फाइनान्स समूह र हाइड्रोपावर समूहमा बढी आकर्षण देखिँदै आएको थियो । समग्रमा सेयर बजारले माथि जाने संकेत गरिरहेको अनुमान गर्न सकिन्छ । यद्दपि, नेप्से अहिलेपनि यसको साइडवेज रेन्ज भित्र नै रहेको छ ।

विगत केही समयदेखि नेप्से सूचक २६ सय विन्दुदेखि २८ सय विन्दुको रेन्जभित्र रहेर तलमाथि हुँदै आएको छ । तसर्थ, बजारले उक्त साइडवेज रेन्ज पार गरेर माथि बढ्न थालेपछि मात्र नयाँ टे्रन्डमा गएको भन्न सकिन्छ । साइडवेज रेन्जभन्दा माथि गएपछि ब्रेकआउटको संकेत गर्छ र नयाँ ट्रेन्डतर्फको सम्भावित परिवर्तन दर्शाउँछ । ब्याजदरसहित नीतिगत विषयहरु सहज हुँदै गएकाले बजार थप सकारात्मक हुने लगानीकर्ताको आशा छ ।

Published Date: 10 July 2025
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय