बिहीबार नेप्से परिसूचक २५.८९ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक २५.८९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २६ । सेयर बजारको सकारात्मक लय बिहीबार पनि कायमै रहेको छ । बिहीबार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा बन्द भएको छ । यस दिन ९ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । बिहीबार बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । बैंकिङ समूह ३.१५ प्रतिशतले बढेको छ ।

पछिल्ला केही दिनयता सेक्टर परिवर्तन हुँदै नेप्से अघि बढ्न खोजेको देखिन्छ । यसअघि फाइनान्स समूह र हाइड्रोपावर समूहमा बढी आकर्षण देखिँदै आएको थियो । समग्रमा सेयर बजारले माथि जाने संकेत गरिरहेको अनुमान गर्न सकिन्छ । यद्दपि, नेप्से अहिलेपनि यसको साइडवेज रेन्ज भित्र नै रहेको छ ।

विगत केही समयदेखि नेप्से सूचक २६ सय विन्दुदेखि २८ सय विन्दुको रेन्जभित्र रहेर तलमाथि हुँदै आएको छ । तसर्थ, बजारले उक्त साइडवेज रेन्ज पार गरेर माथि बढ्न थालेपछि मात्र नयाँ टे्रन्डमा गएको भन्न सकिन्छ । साइडवेज रेन्जभन्दा माथि गएपछि ब्रेकआउटको संकेत गर्छ र नयाँ ट्रेन्डतर्फको सम्भावित परिवर्तन दर्शाउँछ । ब्याजदरसहित नीतिगत विषयहरु सहज हुँदै गएकाले बजार थप सकारात्मक हुने लगानीकर्ताको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 July 2025
Website | + posts