पिएसजी क्लब विश्व कपको सेमिफाइनलमा

पिएसजी क्लब विश्व कपको सेमिफाइनलमा : Icon Khabar

काठमाडौँ, असार २२ । फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले अमेरिकामा जारी क्लब विश्व कपको सेमिफाइनलमा पुगेको छ।

जर्मन टोली बायर्न म्युनिखलाई २-० ले पराजित गर्दै पिएसजी क्लब विश्वकपको अन्तिम चारमा पुगेको हो। ९ खेलाडीमा सिमित भएर पनि पिएसजी जित निकाल्न सफल रह्यो ।

च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गरेका डेसाइर डोउले खेलको ७८औं मिनेटमा बाँया पिएसजीका लागि पहिलो गोल गरे।

विलियन पासो ८२ औं मिनेट र लुकास हर्नान्डेजलाई इन्ज्युरी समयको दोस्रो मिनेटमा रातो कार्ड पाएपछि पिएसजी ९ खेलाडीमा समेटियो ।

इन्ज्युरी समयको छैटौं मिनेटमा उस्मान डेम्बेलेले दोस्रो गोल थप्दै पिएसजीको जित पक्का पारे ।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले गरेको गोल पनि अफसाइडका कारण मान्यता पाउन सकेन। खेलको अन्त्यतिर बायर्नलाई दिइएको पेनाल्टी पनि भिएआरको सहायताले उल्ट्याइयो।

बायर्नको ३५ वर्षीय फर्वार्ड थोमस मुलरले अन्तिम १० मिनेटमा किङ्स्ली कोमनको सट्टा मैदान प्रवेश गरे । बायर्नका लागि त्यो उनको अन्तिम खेल रह्यो । उनले बायर्नमा १७ वर्ष बिताए । उनले टोलीबाट थुप्रै उपाधि जितेका थिए। –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2025


ताजा
उपचारका लागि ‘साम्बा’को हारगुहारः एन्फाले हात झिकेपछि समर्थकसँग सहयोगको अपील
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी