नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता (फोटो फिचर)

नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता (फोटो फिचर) : Icon Khabar

भक्तपुर, असार २० । मध्यपुर थिमी नगरपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको नीलबाराही मन्दिर परिसरमा शनिबार भुक्षय रोकथामका लागि सामूहिक श्रमदान कार्यक्रम जारी छ। वर्षाले मन्दिर क्षेत्र आसपासको भूभागमा पहिरोको जोखिम बढेपछि स्थानीय समुदायको अगुवाइमा यो अभियान सञ्चालन गरिएको हो।

कार्यक्रममा हजारौ स्थानीय बासिन्दा, युवाहरु, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था, तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

श्रमदान अभियान हरेक दिन बिहानैदेखि सुरु हुदै आएको छ , जसमा नाली सफाइ, जमिन सम्याउने, माटोको व्यवस्थापन तथा मन्दिर नजिकैको खोल्सा तथा बाटोको मर्मतजस्ता कार्यहरू हुदै आएको छ ।

स्थानीयवासीहरूको सक्रिय सहभागिता र समर्पणले मन्दिरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व जोगाउने दिशामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

Published Date: 05 July 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने