भक्तपुर, असार २० । मध्यपुर थिमी नगरपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको नीलबाराही मन्दिर परिसरमा शनिबार भुक्षय रोकथामका लागि सामूहिक श्रमदान कार्यक्रम जारी छ। वर्षाले मन्दिर क्षेत्र आसपासको भूभागमा पहिरोको जोखिम बढेपछि स्थानीय समुदायको अगुवाइमा यो अभियान सञ्चालन गरिएको हो।
कार्यक्रममा हजारौ स्थानीय बासिन्दा, युवाहरु, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था, तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
श्रमदान अभियान हरेक दिन बिहानैदेखि सुरु हुदै आएको छ , जसमा नाली सफाइ, जमिन सम्याउने, माटोको व्यवस्थापन तथा मन्दिर नजिकैको खोल्सा तथा बाटोको मर्मतजस्ता कार्यहरू हुदै आएको छ ।
स्थानीयवासीहरूको सक्रिय सहभागिता र समर्पणले मन्दिरको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व जोगाउने दिशामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।