डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ५२ जना पक्राउ

डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ५२ जना पक्राउ : Icon Khabar

काठमाडौँ, असार १९ । गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा छ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले निजहरूलाई ललितपुर महानगरपालिका–४, दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गैर कानुनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

सो कम्पनीको शाखाका रूपमा काठमाडौँ महानगरपालिका–१३, चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ५२ जना पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५०, ल्यापटप सात थान र मोबाइल ५४ थानसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका मध्ये छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जनामाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । – रासस

Published Date: 03 July 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड