दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी

दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी : Icon Khabar

काठमाडौं, जेठ २५ । दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते भएका छन् । आइतबार बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका- १३ बखरियामा ना १ ख ४००९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। ‘घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको घटनास्थलमा रहेका प्रहरीले जानकारी दिएका छन्,’ डीएसपी शाहले भने ।

दंगीशरणको गोलटाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस बखरिया ओरालोमा सडकबाट झण्डै पाँच मिटर तल खसेर दुर्घटना भएको हो ।

घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

Published Date: 08 June 2025


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास