दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी

दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी : Icon Khabar

काठमाडौं, जेठ २५ । दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते भएका छन् । आइतबार बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका- १३ बखरियामा ना १ ख ४००९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। ‘घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको घटनास्थलमा रहेका प्रहरीले जानकारी दिएका छन्,’ डीएसपी शाहले भने ।

दंगीशरणको गोलटाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस बखरिया ओरालोमा सडकबाट झण्डै पाँच मिटर तल खसेर दुर्घटना भएको हो ।

घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

Published Date: 08 June 2025


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक