PATA हिमालयन ट्राभल मार्टमा HAB को ऐतिहासिक उपस्थिति

PATA हिमालयन ट्राभल मार्टमा HAB को ऐतिहासिक उपस्थिति : Icon Khabar

काठमाडौँ, जेठ २३ । PATA द्वारा आयोजित हिमालयन ट्राभल मार्ट जुन ३ देखि ५ सम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा सम्मन्न भयो । उक्त मार्टमा पहिलो पल्ट होटल एसोसियसन अफ भक्तपुरले सहभागिता जनाएको थियो । नेपाल, भारत, पाकिस्तान, तिब्वत चीन र भुटान लगायतका देशहरुको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन शत्रमा HAB को अगुवाईमा नास हैं मा बाजाखलका ५० जना कलकारहरुले नेवारी धिमे नाचले मनोरञन प्रदान गरेको थियो। उक्त मार्टमा युरोप, अमेरीका, अष्ट्रेलिया, न्यूजिल्याड, रसिया तथा सिआईएस राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरुको पनि सहभागीता रहेको थियो ।

जुन ३ देखी ५ तारीकसम्म संचालन भएको उक्त कार्यक्रममा पहिलो पल्ट HAB ले सहभागिता जनाएको थियो। HAB ले भक्तपुरका सबै होटलहरुको प्रतिनिधित्व गरि स्टल राखेको थियो जसमा भक्तपुरलाई चिनाउने माटोको भाडो बनाउने सिप, प्रत्यक्ष प्रस्तुुत गरेको थियो जुन सहभागिहरुको प्रमुख आर्कषण रहयो । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यका अनुसार हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तरराष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हुँदै गएको जानकारी दिएका छन ।

हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहको अवस्थामा यसले समग्र नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको देखिन्छ । हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तरराष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रममा समेत ज्ब्द्यले भक्तपुको पर्यटन पर्वद्धनलाई विश्व सामु चिनाउन प्रमुख भुमिका खेलेको छ ।

मार्टले देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरण, लगायत विश्वब्यापी पर्यटन एवम हस्पिट्यालिटी संघसंस्थाहरु, कम्पनीहरु र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आवद्ध ब्यवसायी तथा व्यक्तित्वहरुबीच व्यापार आदान प्रदान गराउने असिमित अवसरहरु प्रदान गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2025
Website | + posts