आजदेखि सिनेमा हलमा ‘जन्ते बाख्रो’

आजदेखि सिनेमा हलमा ‘जन्ते बाख्रो’ : Icon Khabar

काठमाडौँ, जेठ २३ । आज शुक्रवारदेखि देशभरीका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’ को सार्वजनिक प्रदर्शन प्रारम्भ भएको छ ।

केही दिनअघि नै अग्रीम बुकिङ खुला गरिएको यो फिल्मले केन्द्रीय चलचित्र जाँचपास समिति अर्थाैत सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । यसअघि गत बुधवार काठमाडामा आयोजित प्रीमियर शोमा यो फिल्मले उत्कृष्ट प्रतिक्रियाका साथै मनोरञ्जनात्मक फिल्मको संज्ञा पाइसकेको छ ।

नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

यो फिल्मलाई पहिलो दिन उत्साहजनक सिनेमा हल तथा शो प्राप्त भएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १७ शो र मोफसलमा २० गरी ३७ शो उपलब्ध गराएको छ भने आईएनआई सिनेमाजले १२ शो, वान सिनेमाजले ७ शो, एफक्युब सिनेमाजले २ शो, बिग मुभिजले २ शो, बिएसआर मुभिजले २ शो गरी देशभर करिब १ सय ५० बढि शोसहित प्रदर्शनमा आउँदैछ ।

सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको जन्ते बाख्रो सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्वजको कथा, पटकथा तथा संवाद लेखन रहेको यो फिल्मका निर्माता सन्तोष गौतम हुन् ।

यो फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

Published Date: 06 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी