राप्रपाले आज गर्ने भनिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता

राप्रपाले आज गर्ने भनिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता : Icon Khabar

काठमाडौँ, जेठ १९ । राप्रपाले आज उपत्यका बन्द नगर्ने जनाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज गर्ने भनेको बन्दको कार्यक्रम फिर्ता लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेका कारण उपत्यका बन्दको कार्यक्रम नगर्ने लिङदेनले वक्तव्यमा स्पष्ट पारेका छन्। उनले राप्रपा सामान्यतया बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा रहेको पनि उल्लेख गरेका छन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरूले आजका लागि काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2025
Website | + posts










ताजा
ओलीले रविबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ : बर्षमान
नेपालमा सामाजिक सञ्जाल टेलिग्राम एप बन्द
सौर्य एयरलाइन्सको जहाज दुर्घटना: कम्पनी, पाइलट र उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला