लखनउलाई हराउँदै आरसिबी पहिलो क्वालिफायरमा

लखनउलाई हराउँदै आरसिबी पहिलो क्वालिफायरमा : Icon Khabar

काठमाडौं, जेठ १४ । लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ ।

लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा मंगलवार आरसिबीले लखनउलाई ६ विकेटले हरायो । २ सय २८ रनको विशाल लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

आरसिबीको जितमा कप्तान जितेश शर्मा र विराट कोहलीले अर्धशतकीय इनिङ खेले । कप्तान शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित ८५ रनको योगदान गरे। कोहलीले ३० बलमा १० चौका सहित ५४ रन जोडे ।

मंयक अग्रवाल २३ बलमा ५ चौकाको सहयोगमा ४१ रनमा नट आउट रहे । पाँचौ विकेटका लागि कप्तान शर्मा र अग्रवालले १ सय ७ रनको नट आउट विजयी साझेदारी गरे ।

ओपनर फिल साल्ट १९ बलमा ३० तथा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस आरसिबीले टस जितेर ब्याटिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।

लखनउका कप्तान ऋषभ पन्तले शतकीय इनिङ खेले । पन्तले ६१ बलमा ११ चौका र ८ छक्काको सहयोगमा नट आउट १ सय १८ रन बनाए ।

पन्तले दोस्रो विकेटका लागि ओपनर मिचेल मार्शसँग १ सय ५२ रनको साझेदारी गरे । मार्शले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङ खेले ।

अर्का ओपनर म्याथ्यु ब्रेट्ज्के १२ बलमा १४ रन बनाए । निकोलस पुरन १० बलमा १ चौकाको सहयोगमा १३ रनमा आउट भए । आरसिबीका लागि रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।

लखनउ प्लेअफबाट बाहिरिसकेको थियो । विजयी आरसिबीले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । अब फाइनल प्रवेशका लागि आरसिबीले बिहीवार पञ्जाब किंग्ससँग खेल्नेछ ।

आरसिबीकाे जितसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नु पर्ने भएकाे छ । गुजरातले शुक्रवार मुम्बई इण्डियन्ससँग इलिमिनेटर खेल्नेछ ।‌–एजेन्सी

Published Date: 28 May 2025
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक