पञ्जाब आइपिएलको पहिलो क्वालिफायरमा

पञ्जाब आइपिएलको पहिलो क्वालिफायरमा : Icon Khabar

काठमाडौँ, जेठ १३ । पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ। मुम्बई इण्डियन्सलाई सोमवार ७ विकेटले‌ हराउँदै पञ्जाबले शीर्ष २ मा‌ लिग चरणको अन्त्य गरेको छ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जित निकालेको हो। पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ बलमा ९ चौका र २ छक्काले ६२ रन बनाए।

जोसले ४२ बलमा ९ चौका र ३ छक्काका साथ टोलीका लागि सर्वाधिक ७३ रन जोडे। प्रभासिमरन सिंहले १३ रन बनाए ।

कप्तान श्रेयस एय्यरले १६ बलमा १ चौका र २ छक्कासहित नटआउट २६ रन बनाए। नेहाल बादेराले नटआउट २ रन जोडे। मुम्बईका मिचेल‌ सान्टनेर २ र जसप्रति बुमराहले १ विकेट लिए।

राजस्थानको जयपुरमास्थित सवाइमान सिंह क्रिकेट स्टेडियममा त्यसअघि टस जितेर पञ्जाबले फिल्डिङ रोज्यो । पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको बनाएको थियो।

मुम्बईका सूर्यकुमार यादवले अर्धशतकको योगदान गरे।सूर्यकुमारले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५७ रन जोडे । कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २ चौका र २ छक्कासहुत २६ रन जोडे ।

ओपनर रायन रिकल्टन २७ तथा अर्का ओपनर रोहित शर्मा २४ रनमा आउट भए । विल ज्याक्स ८ बलमा १७, नमन धिरले १२ बलमा २० आउट भए ।

पञ्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित ब्रारले १ विकेट लिए । लिग चरणको अन्तिम खेल मंगलवार रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) र लखनउ सुपर जायन्ट्सबिच हुनेछ।

त्यो खेल जितेमा आरसिबी पहिलो क्वालिफायरमा पुग्नेछ । पराजित भएमा दोस्रो स्थानको गुजरात पहिलो क्वालिफायरमा पुग्नेछ। मुम्बईले एलिमिनेटर खेल्नु पर्नेछ।– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 May 2025
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित