सहकारी अभियान कमजोर र धरासायी बनाउने मापदण्ड तत्काल परिमार्जनको माग

सहकारी अभियान कमजोर र धरासायी बनाउने मापदण्ड तत्काल परिमार्जनको माग : Icon Khabar

भक्तपुर, जेठ १२ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अन्तरलगानी तथा वित्तिय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक साझेदारीमा सहकारीमा पूँजी कोष पर्याप्तता CAR र पल्र्स अनुगमन प्रणाली तालिम रोयल थाई हस्पिटालीटी, राधेराधेमा सम्पन्न भयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बचत तथा ऋणको एकल उद्देश्य बमोजिम बचत तथा ऋण सहकारी संघहरुले सदस्य संस्थाको बचत स्विकार्ने र ऋण लगानी कार्य सहकारी ऐनमा व्यवस्था भए बमोजिम नै गरी रहेको दाबि गरे । बैंक तथा वित्तीय संस्थालाई पोषणका निम्ती नै बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी संघ तथा संस्थाहरुको बृद्धि विकासमा संकुचन हुने गरी मापदण्डहरु जारी भएको उनको भनाई थियो ।

उनले समग्र सहकारी अभियानलाई कमजोर र धरासायी बनाउने गरी जारी मापदण्डको तत्काल परिमार्जनका लागि माग गरे । उनले जारी मापदण्डमा तरलता सम्बन्धी व्यवस्था लगायतका विषय तत्काल सच्याउनु पर्ने अन्यथा कानुनी उपचारमा सहकारी अभियान लाग्नु पर्ने बताए ।

सहकारीका सदस्यको बचत सुरक्षा तथा जोखिम न्युनिकारणका मापदण्डहरु पालना गरी संस्था सुरक्षित राख्न कर्मचारीहरुले सदैब नयाँ ज्ञान सिप सिक्नका लागि जागरुक हुनुपर्ने उनको भनाइ थियो । उनले संस्थाको अवस्था बुझ्न CAR र पल्र्स आवश्यक रहेको बताए ।

संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तिय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्थाले CAR र पल्र्सको अनुपात हेरेर मात्र सदस्यको बचत लिने र जोखिम कति लिन सकिन्छ भन्ने कुरा थाहा पाउने बताए । उनले सिकेका ज्ञान सिप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने विचार राखे ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले वित्तीय कारोबार गरेकै आधारमा बचत तथा ऋण सहकारीलाई बैंक भयो भन्नु गलत भएको बताए । उनले बचत तथा ऋण कारोबारको सिमाको आधारमा बर्गीकरण गरी नेपाल राष्ट्र बैंकबाट बैकिङ इजाजत लिने व्यवस्था गर्नुपर्ने बताए ।
उनले सहकारीमा देखिएको समस्या समाधान सहकारीलाई नियोजन गर्ने निर्देशन तथा मापदण्ड मात्र जारी गर्दैमा नहुने भन्दै व्यवहारिक तथा प्रगतिशिल कानुनको आवश्यकता रहेको बताए ।

संघको उपसमितिका सदस्य राजकुमार लघुुले सहकारीमा पूँजी कोष पर्याप्तता CAR र पल्र्स अनुगमन प्रणाली तालिम प्राविधिक विषय भएकोले यसको निरन्तर प्रयोग र सिकाई गर्नुपर्ने विचार राख्दै स्वागत मन्तव्य दिए ।

नेफस्कूनका प्रार्चाय बल्लभ तिमल्सिनाले सहकारीमा पूँजी कोष पर्याप्तता CAR को बारेमा र नेफस्कूनकै प्रशिक्षक उमेश कोईरालाले पल्र्स अनुगमन प्रणालीको विषयमा ज्ञान दिए । तालिममा सहभागीहरुले सहकारीले सहकारीमा पूँजी कोष पर्याप्तता CAR र पल्र्स अनुगमन प्रणालीको विषयमा प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गरे । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा लेखासम्बन्धीत कर्मचारीहरु ३८ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 May 2025
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित