परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्ष डा. तानाकाबीच टोकियोमा भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र जाइकाका अध्यक्ष डा. तानाकाबीच टोकियोमा भेटवार्ता : Icon Khabar

काठमाडौं, जेठ ९ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ ।

जापानको राजधानी टोकियोस्थित जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको राणाको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायत विविध क्षेत्रमा जाइकामार्फत जापान सरकारले विगत लामो समयदेखि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

भेटमा मन्त्री राणाले नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली–बर्दिबास सडकको पुनर्निर्माण एवं मर्मतसम्भारलगायतका परियोजनामा पनि चर्चा गरेकी थिइन् ।

Published Date: 23 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने