भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई गृहद्वारा सरुवा

भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई गृहद्वारा सरुवा : Icon Khabar

काठमाडौं, जेठ ९ । गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए । भिजिट भिसामा शंकास्पद गतिवधि गरेका अन्य आठ जनाको सरुवा गरिएको छ ।

प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । तीनै जना र नायब सुब्बा पदमा कार्यरत थिए ।

सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरु कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको छ ।

गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव छवि रिजालले आठ जनालाई सरुवा गरेका हुन् ।

Published Date: 23 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने