भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई गृहद्वारा सरुवा

भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई गृहद्वारा सरुवा : Icon Khabar

काठमाडौं, जेठ ९ । गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए । भिजिट भिसामा शंकास्पद गतिवधि गरेका अन्य आठ जनाको सरुवा गरिएको छ ।

प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । तीनै जना र नायब सुब्बा पदमा कार्यरत थिए ।

सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरु कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको छ ।

गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव छवि रिजालले आठ जनालाई सरुवा गरेका हुन् ।

Published Date: 23 May 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय