लखनउले शीर्षस्थानको गुजरातलाई हरायो

लखनउले शीर्षस्थानको गुजरातलाई हरायो : Icon Khabar

काठमाडौँ, जेठ ९ ।  इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो।

ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा गुजरातले ९६ रन बनाएको थियो।

विशाल लक्ष्य पछाएको गुजरातलाई ठूलो साझेदारी जरुरी थियो। शेफने रूदरफोर्ड र साहरुख खानले चौथो विकेटको लागि ८६ रनको साझेदारी गरे।

रूदरफोर्ड ३८ रनमा र साहरुख २९ बलमा ५७ रन जोडेर आउट भए। त्यसपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्। बलिङमा विल ओले ३ विकेट लिए। यस्तै आभेस खान र आयुषले २/२ विकेट लिए।

त्यसअघि अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो।

लखनउले सुरुवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ रनको साझेदारी गरे।

मारक्रम २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रनमा आउट भए। गुजरातले ९.५ ओभरमा पहिलो विकेट लियो। साइ किशोरले मारक्रमलाई आउट गरे।

यसपछि मिचेललाई निकोलस पुरनले साथ दिए। दोस्रो विकेटका २ सय २१ रनको सानदार साझेदारी गरे।

मिचेलले ५६ बलमा १० चौका र ६ छक्का सहित शतक पुरा गरे। उनी ६४ बलमा १ सय १७ रनको उत्कृष्ट पारी खेल्दै अर्शद खानको बलमा आउट भए। उनले १० चौका र ८ छक्का प्रहार गरे।

पुरनले २७ बल खेल्दै अविजित ५६ रन जोडे। कप्तान ऋशब पन्त अविजित १६ रनना क्रिजमा रहे। बलिङमा फितलो बनेको गुजरातको लागि साइ किशोर र अर्शद खानले १/१ विकेट लिए।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2025
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित