लखनउले शीर्षस्थानको गुजरातलाई हरायो

लखनउले शीर्षस्थानको गुजरातलाई हरायो : Icon Khabar

काठमाडौँ, जेठ ९ ।  इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो।

ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा गुजरातले ९६ रन बनाएको थियो।

विशाल लक्ष्य पछाएको गुजरातलाई ठूलो साझेदारी जरुरी थियो। शेफने रूदरफोर्ड र साहरुख खानले चौथो विकेटको लागि ८६ रनको साझेदारी गरे।

रूदरफोर्ड ३८ रनमा र साहरुख २९ बलमा ५७ रन जोडेर आउट भए। त्यसपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्। बलिङमा विल ओले ३ विकेट लिए। यस्तै आभेस खान र आयुषले २/२ विकेट लिए।

त्यसअघि अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो।

लखनउले सुरुवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ रनको साझेदारी गरे।

मारक्रम २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रनमा आउट भए। गुजरातले ९.५ ओभरमा पहिलो विकेट लियो। साइ किशोरले मारक्रमलाई आउट गरे।

यसपछि मिचेललाई निकोलस पुरनले साथ दिए। दोस्रो विकेटका २ सय २१ रनको सानदार साझेदारी गरे।

मिचेलले ५६ बलमा १० चौका र ६ छक्का सहित शतक पुरा गरे। उनी ६४ बलमा १ सय १७ रनको उत्कृष्ट पारी खेल्दै अर्शद खानको बलमा आउट भए। उनले १० चौका र ८ छक्का प्रहार गरे।

पुरनले २७ बल खेल्दै अविजित ५६ रन जोडे। कप्तान ऋशब पन्त अविजित १६ रनना क्रिजमा रहे। बलिङमा फितलो बनेको गुजरातको लागि साइ किशोर र अर्शद खानले १/१ विकेट लिए।–एजेन्सी

Published Date: 23 May 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग