भक्तपुरमा एकदिने मोबाइल जर्नालिजम (मोजो) विषयक अभिमुखीकरण सम्पन्न

भक्तपुरमा एकदिने मोबाइल जर्नालिजम (मोजो) विषयक अभिमुखीकरण सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ ८ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको आयोजनामा आज भक्तपुरमा एक दिने मोबाइल जर्नालिजम (मोजो) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।

सूर्यविनायक नगरपालिकाको सहकार्यमा आयोजित सो कार्यक्रमको उद्घाटन नगर प्रमुख वासुदेव थापाले गरेका थिए। कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराई, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, वरिष्ठ पत्रकार नारायण किलम्बु, पुष्कार राज बुढाथोकी लगायतका व्यक्तित्व हरुको उपस्थिति रहेको थियो।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले वर्तमान डिजिटल युगमा मोबाइल पत्रकारिता आवश्यक भएको चर्चा गरे । सामाजिक सञ्जालमा प्रकाशित सामग्रीहरू सबै पत्रकारिता नभएको उल्लेख गर्दै उनले पत्रकारहरूलाई संयमित र सचेत रहन उनले आग्रह गरे ।

जिल्लामा कार्यरत पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रम मार्फत प्रमाण पत्र वितरण गरिएको थियो।

Published Date: 22 May 2025
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय