नेपालभरि निर्माण गरिएका पदमार्गको मापदण्ड अब एउटै हुने

नेपालभरि निर्माण गरिएका पदमार्गको मापदण्ड अब एउटै हुने : Icon Khabar

काठमाडौं, जेठ ८ । नेपालभरि निर्माण गरिएका पदमार्गको मापदण्ड अब एउटै हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले देशभरिका पदमार्ग एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय गरेको हो ।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड लागु गर्ने निर्णय गरेको हो ।

बैठकले पर्यटन विकासका लागि विभिन्न निर्णय गरेको छ । जसमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी ठानिएको होमस्टे सञ्चालन मापदण्ड समेत सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्रमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णय समेत गरेको छ । योसँगै पहिचान गरिएका पर्यटकीय गन्तव्य सौन्दर्यीकरण, प्रचारप्रसार तथा मर्मत सम्भारमा तीनै तहका सरकारले प्राथमिकता दिने, पर्यटनमा निजी क्षेत्रको लगानी आकर्षणका लागि वातावरण निर्माण गर्ने र अघिल्ला बैठकका निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेसँगै प्रदेशका पर्यटन मन्त्रीहरू र समितिका सदस्यहरूको उपस्थिति थियो । बैठकमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा तीन तहबीच समन्वय र साझेदारी आवश्यक रहेको बताए ।

Published Date: 22 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने