जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन

जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन : Icon Khabar

काठमाडौं, जेठ ४ । प्रहरी महानिरीक्षक दीपक थापाले जेठ १५ गते राजावादीहरूको प्रदर्शन रहेकाले उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई थापाले यस्तो निर्देशन दिएका हुन् ।

राजनीतिक व्यवस्था र संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन उनको निर्देशन छ । ‘कानुनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई ध्यान दिनुहोला । प्रदर्शनका क्रममा हुने कुनैपनि अराजकतापूर्ण गतिविधि सह्य हुन सक्दैन,’ उनले भने ।

प्रहरी कर्मचारीबीचको कुटपिटको अब सह्य नहुने उनले बताए । ‘पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो । अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन’, थापाले भने ।

Published Date: 18 May 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने