जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन

जेठ १५ गते उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन : Icon Khabar

काठमाडौं, जेठ ४ । प्रहरी महानिरीक्षक दीपक थापाले जेठ १५ गते राजावादीहरूको प्रदर्शन रहेकाले उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई थापाले यस्तो निर्देशन दिएका हुन् ।

राजनीतिक व्यवस्था र संविधानविरोधी गतिविधिलाई गम्भीरतापूर्वक लिन उनको निर्देशन छ । ‘कानुनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई ध्यान दिनुहोला । प्रदर्शनका क्रममा हुने कुनैपनि अराजकतापूर्ण गतिविधि सह्य हुन सक्दैन,’ उनले भने ।

प्रहरी कर्मचारीबीचको कुटपिटको अब सह्य नहुने उनले बताए । ‘पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो । अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन’, थापाले भने ।

Published Date: 18 May 2025
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय