च्याम्पियन लिभरपुललाई चेल्सीले हरायो

च्याम्पियन लिभरपुललाई चेल्सीले हरायो : Icon Khabar

काठमाडौँ, वैशाख २२ । चेल्सीले प्रिमियर लिग विजेता लिभरपुललाई ३-१ ले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने आशा बलियो बनाएको छ

स्ट्यामफोर्ड ब्रिजमा एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। दोस्रो हाफको। ११ औं मिनेटमा जारेल क्वान्साहले आत्मघाती गोल गरेपछि चेल्सीको अग्रता दोब्बर भयो।

भर्जिल भान डाइकले खेलको ८५ औं‌ मिनेटमा हेडरमार्फत एक गोल फर्काए । तर कोल पाल्मरले इन्ज्युरी समयको छैंटौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित निश्चित गरे ।

६३ अंकसहित चेल्सी पाँचौं स्थानमै कायम छ । छैटौं स्थानको नटिङ्घम फरेस्टभन्दा तीन अंकले अघि छ । फरेस्टले सोमवार क्रिस्टल प्यालेससँग खेल्नेछ।

चेल्सी चौथो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा छ । उनीहरू अर्को साता सेन्ट जेम्स पार्कमा आमनेसामना हुनेछन्।

म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ। बेन्टफोर्डले युनाइटेडलाई ४-३ ले हराएको छ। ब्राइटन र न्युक्यासलले तथा वेस्टह्याम र टोटेनहमले समान १-१ को बराबरी खेलेका छन्।–एजेन्सी

Published Date: 05 May 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु