च्याम्पियन लिभरपुललाई चेल्सीले हरायो

च्याम्पियन लिभरपुललाई चेल्सीले हरायो : Icon Khabar

काठमाडौँ, वैशाख २२ । चेल्सीले प्रिमियर लिग विजेता लिभरपुललाई ३-१ ले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने आशा बलियो बनाएको छ

स्ट्यामफोर्ड ब्रिजमा एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। दोस्रो हाफको। ११ औं मिनेटमा जारेल क्वान्साहले आत्मघाती गोल गरेपछि चेल्सीको अग्रता दोब्बर भयो।

भर्जिल भान डाइकले खेलको ८५ औं‌ मिनेटमा हेडरमार्फत एक गोल फर्काए । तर कोल पाल्मरले इन्ज्युरी समयको छैंटौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित निश्चित गरे ।

६३ अंकसहित चेल्सी पाँचौं स्थानमै कायम छ । छैटौं स्थानको नटिङ्घम फरेस्टभन्दा तीन अंकले अघि छ । फरेस्टले सोमवार क्रिस्टल प्यालेससँग खेल्नेछ।

चेल्सी चौथो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा छ । उनीहरू अर्को साता सेन्ट जेम्स पार्कमा आमनेसामना हुनेछन्।

म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ। बेन्टफोर्डले युनाइटेडलाई ४-३ ले हराएको छ। ब्राइटन र न्युक्यासलले तथा वेस्टह्याम र टोटेनहमले समान १-१ को बराबरी खेलेका छन्।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 May 2025
Website | + posts




ताजा
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने
शिक्षा मन्त्रालयको काम अब सिंहदरबारबाटै हुने
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने