आजको मौसमः यी पाँच प्रदेशमा पानी पर्ने सम्भावना

आजको मौसमः यी पाँच प्रदेशमा पानी पर्ने सम्भावना : Icon Khabar

काठमाडौँ, वैशाख २२ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश,बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका  हिमाली भू-भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। यसका  कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

Published Date: 05 May 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु