बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौं, वैशाख ११ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रूपैयाँ २० पैसा, स्विस फ्र्यांक एकको खरिददर १६५ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रूपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १८ रूपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तोकिएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २३ पैसा र बिक्रीदर १४ रूपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८२ पैसा र बिक्रीदर २० रूपैयाँ ९१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १७ रूपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८० पैसा रहेको छ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

Published Date: 24 April 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न