बारको मतपरिणाम : मिश्रले मतान्तर झन फराकिलो बनाए, यस्तो छ सबै उम्मेदवारको मत

बारको मतपरिणाम : मिश्रले मतान्तर झन फराकिलो बनाए, यस्तो छ सबै उम्मेदवारको मत : Icon Khabar

काठमाडौँ, चैत २६ । नेपाल बार एशोसियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणनाको प्रारम्भिक विवरणमा सत्ता गठबन्धन निकट वकिलको प्यानलले अग्रता कायम राखेको छ ।

कोशी प्रदेशका जिल्लाबाट थालिएको गणनाको दोस्रो विवरण अनुसार अध्यक्षमा कांग्रेस–एमाले प्यानलका विजय प्रकाश मिश्रले ४८५ पाएका छन् भने माओवादी, रास्वपा, राप्रपा र नेकपा एसलगायतको प्यानलबाट रमण श्रेष्ठले २९५ मत पाएका छन् ।

त्यस्तै महासचिवमा एमाले र कांग्रेसको प्यानलका केदार कोइरालाले ४९३ मत पाएका छन् । त्यस्तै, कोशी प्रदेशमा पदम प्रसाद लिम्बुले ५२९ मत ल्याएका छन् भने मधेसमा अजय शंकर झाले ५२६ मत पाएका छन् । अब बाँकी गणना भोलि (मंगलबार) मात्रै हुने भएको छ । बारको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो ।

Published Date: 08 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु