चेल्सीले टोटनह्यामलाई हरायो

चेल्सीले टोटनह्यामलाई हरायो : Icon Khabar

काठमाडौँ, चैत २२ । इङ्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले टोटनह्याममाथि संघर्षपूर्ण जित दर्ता गरेको छ । गएराति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा खेलको ५०औँ मिनेटमा इन्जो फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । बाँकी समयमा दुवै टोलीले अवसर पाएका पनि थिए, तर गोलमा सदुपयोग गर्न भने सकेनन् ।

यो जितपछि ३० खेलमा ५२ अंक जोडेको चेल्सी लिगमा चौथो स्थानमा उक्लिएको छ । यता टोटनह्याम भने ३० खेलमा ३४ अंकसहित १४औं स्थानमा झरेको छ ।

Published Date: 04 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु